पञ्चेश्वर कांग्रेसले बृहत एकताका लागि दबाब दिन कुनै पनि अधिवेशनमा भाग नलिने

पञ्चेश्वर । नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका कार्यसमिति, बैतडीले तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले गराउने १५औँ महाधिवेशनमा भाग नलिने निर्णय गरेको छ ।

शनिबार बसेको नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका कार्यसमितिको बैठकले पार्टी एकढिक्का नभएसम्म कुनै पनि अधिबेशनमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको युवा नेता दीवाकर बोहराले बताए ।

तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वको अधिबेशन सहभागी नहुने निर्णय भएको बोहराले बताए । बृहत पार्टी एकताका लागि दवाव सिर्जना गर्न आफूहरूले कुनै पनि अधिबेशनको प्रक्रियामा भाग नलिने निर्णय गरिएको बताए ।

Published : Saturday, 2026 September 12, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया