महामन्त्री आचार्यको संयोजकत्वमा रास्वपाद्वारा समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

रास्वपाको ०८३ भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम महामन्त्री आचार्यको संयोजकत्वमा समिति गठन गरिएको शुक्रबार प्रवक्ता जगदीश खरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समितिको सदस्यहरूमा गणेश पराजुली, मनीष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनीष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् ।

Published : Friday, 2026 September 11, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया