सशस्त्र प्रहरीमा विभिन्न पदमा ६ सय ६६ जनाका लागि नयाँ भर्ना आह्वान
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ६६६ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ ।
शुक्रबार सूचना जारी गरेर सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले साधारण समूहअन्तर्गत रिक्त रहेका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो ।
सशस्त्र प्रहरी जवान पदमा ६०४ जनाको माग गरिएको सूचनामा उल्लेख छ । खुलातर्फ ३२६, आदिवासी÷जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ ।
साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचरका लागि दरखास्त माग गरिएको छ । जसमा भान्छे ३८, कूचिकार ८, केशकर्तक ७, सूचिकार ६, चर्मकर्मी २ र माली १ पद रहेका छन्। यी पदमा पनि खुला तथा समावेशी समूहअनुसार कोटा निर्धारण गरिएको छ ।
दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ । अनलाइनमार्फत फाराम भर्ने आवेदकले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ ।
आवेदकको प्रारम्भीक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया