कांग्रेस सांसद घिमिरेले मागे सरकारसँग आत्महत्याको समस्या समाधान सम्बन्धी योजना
काठमाडौं । नेपाली कांग्रेसका सांसद वासुदेव घिमिरे ‘जंगली’ले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको बताए । उनले यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्ने बताए ।
सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवसको अवसरलाई समेत उल्लेख गर्दै सांसद घिमिरेले मुलुकमा वार्षिक सात हजारभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको कहालीलाग्दो अवस्था रहेको बताए ।
नेपालमा दैनिक औसत १९ देखि २० जनासम्मले अकालमा ज्यान गुमाइरहेको उनले बताएका छन् । आत्महत्याको निरन्तर क्रम रोकिनुको सट्टा दिन प्रतिदिन झन् बढ्दै गएको भन्दै सांसद घिमिरेले यस्तो गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न सरकारले कस्ता योजना र कार्यक्रमहरू बनाएको छ ? भनेर प्रश्न गरेका छन् ।
कांग्रेसका सांसद घिमिरेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति पनि गम्भीर दुःख व्यक्त पनि व्यक्त गरेका छन् ।
उनले बाढीको गर्दै विपद्बाट प्रभावित भएकाहरूलाई उचित राहत र व्यवस्थापनका लागि समेत ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया