युक्रेन, इराक र बङ्गलादेशमा काम गरेकी मेगन नेपालका लागि अमेरिकी नयाँ राजदूत
काठमाडौं । नेपालस्थित अमेरिकी नयाँ कार्यबाहक राजदूतमा मेगन बोल्डिन आएकी छिन् ।
मेगन नयाँ कार्यबाहक राजदूतमा नियुक्त भएर काठमाडौं आएकी हुन् । मेगन बोल्डिन यसअघि ढाकास्थित अमेरिकी दूतावासमा कार्यरत थिइन् ।
बंगलादेशमा मेगन सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत रहेकी थिइन् । वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी व्यापक अनुभव छ ।
युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा कार्यसम्पादन हासिल गरेको मेगनसँग अनुभव छ ।
राहत तथा पुनःस्थापनाका प्रयासहरू जारी रहँदा नेपालमा मेगनको आगमनले नेपाल सरकार र साझेदारहरूबीच काम गर्न सहज हुने अमेरिकी राजदूतावासले प्रेस नोटमार्फत् जनाएको छ ।
कार्यवाहक अमेरिकी राजदूतका रूपमा नियोग उपप्रमुख स्कट अर्बमले कार्यसम्पादन गरेकी थिइन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया