हत्या मुद्दाका फरार प्रतिवादी सापकोटा प्यूठानमा ८ वर्षपछि पक्राउ

बिजुवार । जिल्ला प्रहरी कार्यालय, प्यूठानले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४२ वर्षीय दीपक सापकोटालाई पक्राउ गरेको छ ।

बिगत ८ वर्षदेखि फरार रहेका सापकोटालाई भदौ १९ गते प्यूठानको ऐरावती गाउँपालिका वडा नं. ४ खिम्चीबाट पक्राउ गरिएको प्यूठान प्रहरीका प्रहरी निरीक्षक गणेश ज्ञवालीद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

माण्डवी गाउँपलिकाको वडा नं. ५ तिघ्रा बस्ने सापकोटा ८ वर्षदेखि फरार रहेका थिए । फरार रहेका सापकोटालाई पक्राउ गर्न प्रहरीले पटक पटक प्रयास गरेको थियो । ८ वर्षपछि सापकोटालाई पक्राउ गरि प्यूठान प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया शुरु भएको छ ।

Published : Monday, 2026 September 7, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया