ईभी गाडीमा बेहोस भएका प्रदीपको काठमाडौंमा मृत्यु, चालक पक्राउ
हेटौँडा । मकवानपुरको सिस्नेरीमा ईभी गाडीभित्र बेहोस भएका १९ वर्षीय प्रदीप पटेलको मृत्यु भएको छ ।
पटेलको उपचारका क्रममा सोमबार काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करीव साढे ९ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा बाराको सिम्रनगढ नगरपालिका वडा नं. ११ घर भएका पटेल सिस्नेरीको टेकरमा पुग्दा एक्कासि बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पटेललाई बोल्ने क्रममा श्वास फेर्न अफ्ठ्यारो भएपछि काठमाडौंतर्फ पठाइएको थियो । बुल्खुस्थित बयोध अस्पतालमा चेकजाँचको क्रममा ११ बजेर ३ मिनटमा चिकित्सकहरूले पटेललाई मृत घोषणा गरेको प्रहरी वृत्त बल्खु, काठमाडौंलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरी टोलीले बेहोस भएका पटेललाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी सिस्नेरी लगेको थियो । पटेलको सिस्नेरीमा सामान्य उपचारपछि थप उपचार गर्न काठमाडौं पठाइएको छ ।
पटेलको मृत्यु भएपछि प्रहरीले ईभी गाडीका चालक २९ वर्षीय तितेश राउत कुर्मीलाई नियन्त्रणमा गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १९ निवासी चालक राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – फाइल तस्बिर
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया