अख्तियारद्वारा कलंकीका सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हीरालाल पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नापी कार्यालय, कलंकी, काठमाडौंका तत्कालीन सर्भेक्षक श्रेष्ठस र नापी अधिकृत पार्धेले सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस, रिसवत लिएपछि अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
प्रतिवादीद्वय श्रेष्ठ र पार्धेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी गरिएको छ ।
अख्तियारका अनुसार, सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकी, काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको साविक मच्छेगाउँ ९ग (हाल चन्द्रागिरी वडा नं. ९ग)मा रहेको जग्गा हालसाविक गरी प्लट मिलानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस, रिसवत बापतको रकम बार्गेनिङ गरी नियमपूर्वक गरिदिनुपर्ने काम नगरी दुःख हैरानी दिई आफ्नो निमित्त घुस, रिसवत वापत रकम रू.५० हजार रुपियाँ माग गरी उक्त घुस रिसवत पनि प्राप्त हुने र कसूर वापत कानूनी कारवाहीबाट पनि आफूले उन्मुक्ति पाइने गलत उद्देश्य एवं वद्नीयत राखी आफू स्वयंले सो रकम नबुझी कार्यालय सहयोगीलाई दिनु भनी रकम लिन मञ्जुर गरेको पुष्टि भएको आरोप पत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया