दलीय मतभेद त्यागेर प्राकृतिक विपत्तिको सामना गर्न कांग्रेस नेता निधिको आग्रह

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद् त्यागेर एकजुट हुन आग्रह गरेका छन् ।

आइतबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको बताए ।

रसुवाको बेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको उनले बताए । विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधिले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उनले बताए ।

छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पु¥याएको सहयोगप्रति उनले आभार प्रकट गरेका छन् ।

जलविद्युत् क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधिले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।

Published : Monday, 2026 September 7, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया