सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि गर्ने विशाल गुरुड पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले मधेशबासी समुदायप्रति लक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्याउने ३५ वर्षीय विशाल गुरुडलाई पक्राउ गरेको छ ।
काठमाडौंका सार्वजनिक स्थानहरूमा विभिन्न मितिमा मधेशबासी समुदायप्रति लक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पु¥याउने तथा द्वन्द्व भट्काउने जस्ता शब्दहरू लेख्ने कार्यमा संलग्न गुरुङलाई पक्राउ गरिएको आइतबार प्रवक्ता समेत रहेका एसपी दानबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नँया बानेश्वरबाट खटिएको प्रहरी टोलीले गुरुङलाई शनिबार काठमाडौंको शङ्खमूलबाट पक्राउ गरेको जनाएको छ ।
गुरुङ खोटाङको बाक्सिला नगरपालिका– १५ घर भई हाल काठमाडौं महानगरपालिका– ३१ शङ्खमूलमा बस्दै आएका थिए । गुरुङलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसूरमा प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया