संसदको बैठक ६ दिनपछि बस्ने
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित गरेका छन् ।
बिहीबार बसेको बैठकपछि संसदको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरेका छन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानूनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया