भारतले नेपाल पठायो औषधिसहितका राहत सामग्री बोकेको पाँचौँ जहाज

काठमाडौं । भारतले भोटेकोशी बाढी प्रभावितका लागि औषधिसहितका राहत सामग्री बोकेको पाँचौँ जहाज काठमाडौं पठाएको छ ।

बुधबार ५.५ टन राहत सामग्री बोकेको जहाज काठमाडौंतर्फ उडान भरेको भारतीय विदेशमन्त्री डा.एस.जयशंकरले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

जहाजमा विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली पनि छन् । बाढी प्रभावितका लागि आवश्यक औषधि समेत रहेको विदेशमन्त्री डा.जयशंकरले बताएका छन् ।

भोटेकोशी बाढी प्रभावितका लागि सबैभन्दा पहिला भारतले जहाजमार्फत राहत सामग्री पठाएको थियो । हालसम्म भारतले खुल्लामनले ठूलो परिमाणमा राहत सामग्री पठाएको छ ।

नेपाल सरकारले माग गरेमा भारतले थप र आवश्यक सामग्रीहरू उपलब्ध गराउने प्रतिवद्धता समेत जनाइसकेको छ ।

Published : Wednesday, 2026 September 2, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया