सबैको समर्थन पाउँदा पनि दुईतिहाइको सरकारले काम गर्न सकेन : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले देशमा अहिले विषम् अवस्था रहेको भन्दै राज्यको आलोचना गर्न इच्छा नरहेको बताए ।

नेपाल मगर संघ ओखलढुङ्गा काठमाडौं सम्पर्क समितिको २०औं स्थापना दिवसतथा ७औं साधार सभालाई सम्बोधन गर्दै खतिवडाले भने, ‘यो बेला पार्टीको गन्ध र झण्डा लिएर हामी कहिँ पनि उपस्थित हुन चाहदैनौँ । हामी सबै नेपालीहरू अफ्ठ्यारो बेलामा एकता प्रदर्शन गर्न सकौं ।’

नेता खतिवडाले भने, ‘सबैले राम्रा काममा सहयोग गर्ने वातावरण सिर्जना होस् । सरकारले राम्रा कार्यक्रममा पार्टीको झण्डा र डण्डा होइन एउटा मानवीय नाता र मान्ने मनले सबैलाई सहयोग र सत्कार तयार छु ।’

नेता खतिवडाले सरकारले सबैको समर्थन पाउँदा पनि अनुभवको कमीले काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘दुईतिहाइको सरकार कताकता अनुभवको कमी हो कि जस्तो देखिएको छ ।’

मगर संघको कार्यक्रमले नयाँ नेतृत्व स्थापित गर्ने भन्दै नयाँ कार्यसमितिलाई खतिवडाले अग्रिम शुभकामना दिएका छन् । मगर संघले नयाँ र पुरानो पुस्तालाई उत्साहित बनाएको भन्दै खतिवडाले नेतृत्वको प्रशंसा गरेका छन् ।

Published : Tuesday, 2026 September 1, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया