बाढी प्रभावितका लागि मोतीदान कन्स्ट्रक्सनद्वारा प्रधानमन्त्री कोषमा २० लाख सहयोग
काठमाडौं । बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मोतीदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख १ हजार सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष विकास गौतमले महाविपत्तिमा परेका नागरिकलाई तत्काल राहत पुगोस् र उद्धार कार्यलाई सघाउ पुगोस् भन्ने पवित्र उद्देश्यका साथ उक्त रकम सरकारी कोषमा जम्मा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘देशमा परेको यस्तो ठूलो प्राकृतिक विपद्को समयमा पीडित जनताको मल्हम बन्नु हरेक सामाजिक र व्यावसायिक संस्थाको दायित्व हो ।’
‘मोतीदानका तर्फबाट पठाइएको यो रकमले प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सहयोग पुग्ने हाम्रो विश्वास छ,’ अध्यक्ष गौतमले भने ।
स्वदेशी निर्माण क्षेत्रमा क्रियाशील ‘क’ वर्गको निर्माण कम्पनी मोतीदान कन्स्ट्रक्सन प्रा.लि. लामो समयदेखि पूर्वाधार निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको बाढीले नदी तटीय क्षेत्र, विशेष गरी रसुवा, नुवाकोट तथा आसपासका बस्ती, जलविद्युत् आयोजना र सडक पूर्वाधारहरूका साथै ठूलो मानवीय क्षति पुर्याएको छ । बाढीका कारण जनधनको ठूलो क्षति भएपछि परिस्थिति नियन्त्रण र द्रुत उद्धारका लागि सरकारले प्रयास गरिरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरी बेपत्ता नागरिकको खोजी तथा उद्धार भइरहेको छ । घाइतेहरूको काठमाडौं तथा तल्लो तटीय क्षेत्रका अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया