भ्रष्टाचार अभियुक्त कार्यालय प्रमुख काफ्लेसहित ५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार परोहा नगरपालिका ९ स्थित राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्डविपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८१÷०८२ मा मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।
आयोगले काफ्लेसहित इन्जिनियर सुदीपप्रकाश तिमल्सेना र नीतिशकुमार पटेल, अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८३।०५।१६ गते।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
पर्यटन विकास कार्यालय गौर, रौतहट समेतले आर्थिक वर्ष 2081/82 मा जिल्ला रौतहट, परोहा नगपरपालिका, 9 स्थित राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक बर्ष 2081/082 मा मधेश प्रदेश सरकार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, पर्यटन विकास कार्यालय, गौर, रौतहटबाट परोहा नगरपालिका वडा नं. 9, रौतहटमा “रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण” कार्यको लागि रू. 50,66,975/- (पचास लाख छैसठ्ठी हजार नौसय पचहत्तर रूपैयाँ) को लागत अनुमान तयार गरी स्वीकृत भएको देखिएको, सोही बमोजिम निर्माण कार्य गर्नको लागि कार्यालय र शिवनाथ भवन, भैरवनाथ मन्दिर निर्माण र अधुरो राधाकृष्ण मन्दिर निर्माण कार्य उपभोक्ता समिति बिच सम्झौता भई अधुरो राधाकृष्ण मन्दिरको भवन निर्माण कार्यमा स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदन बमोजिम नापी किताबमा उल्लेख भएको परिमाण र फिल्डमा भए गरेको वास्तविक परिमाण तुलना गरी हेर्दा निर्माणस्थलमा भए गरेको वास्तविक कार्यभन्दा नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा रू.6,80,592/43 (छ लाख असी हजार पाँच सय बयान्नब्बे रूपैयाँ र पैसा त्रिचालीस) बढी भुक्तानी लिए दिएको देखिएकोले “रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण” कार्यमा संलग्न पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसमेतका प्रतिवादीहरूको आपसी मिलेमतो तथा योजनामा बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ र नेपाल सरकार/प्रदेश सरकार/पर्यटन विकास कार्यालय, गौर, रौतहटसमेतका सार्वजनिक संस्थालाई हानि हुने गरी निर्धारित शर्त तथा मापदण्ड विपरीत फिल्डमा नभए नगरेको निर्माण कार्यलाई भए गरेको भनी नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदनमा चढाई वास्तविक भए गरेको भन्दा रू.6,80,592/43 (छ लाख असी हजार पाँच सय बयान्नब्बे रूपैयाँ र पैसा त्रिचालीस) बढी कार्य भएको भनी गलत प्रतिवेदन तयार गरी गराई झुट्टा बिल भरपाई बनाई बनाउन लगाई सोही बमोजिमको भुक्तानी दिए लिएको देखिंदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
| क्रस | नामथर पद र कार्यालय | बिगो रू. | कसुर तथा सजायको मागदाबी |
| पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना, इन्जिनियर नितिश कुमार पटेल | रू.6,80,592/43 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो छ लाख असी हजार पाँच सय बयान्नब्बे रूपैयाँ र पैसा त्रिचालीस कायम गरी सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन तथा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसुरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ। | |
| अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो निर्माण कार्य योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवी | रू.6,80,592/43 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसुर भएको हुँदा बिगो छ लाख असी हजार पाँच सय बयान्नब्बे रूपैयाँ र पैसा त्रिचालीस कायम गरी मुख्य कसुरदारहरूलाई सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुने सजायलाई आधार लिई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 22 को प्रतिवन्धात्मक वाँक्याश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। |
प्रवक्ता
सुरेश न्यौपाने
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया