प्रहरीद्वारा ड्रोन क्यामराबाट खोजतलास गर्दा २३ वटा शव फेला

नुवाकोट । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गर्दा एउटै घरम २३ वटा शव फेला पारेको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको घरमा २३ वटा शव फेला परेका हुन् । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शवसम्म पुग्न निकै नै कठिन भएको थियो ।

प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको घरबाट २३ वटा शव फेला पारेर बाहिर निकालेको छ । फेला परेका शवमध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेका छन् ।

शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ ।

Published : Tuesday, 2026 September 1, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया