कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्ने, पृथ्वी राजमार्ग सञ्चालन हुने
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ स्थापना गर्ने भएको छ ।
पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले पृथ्वीराजमार्ग सञ्चालनका लागि कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ बनाउने निर्णय भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् । उनले भने, ‘तत्काल विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने ।’
‘ट्रयाक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत गर्ने,’ मन्त्री लम्सालले भने, ‘कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने ।’
उनले भने, ‘कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने ।’
‘माथि उल्लिखित विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने,’ मन्त्री लम्सालले भने ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया