देउखुरी रिडर्स क्लबको पहिलो कार्यक्रम सम्पन्न

मसुरिया । देउखुरी रिडर्स क्लबले पहिलो अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आइतबार देउखुरीको मसुरियामा क्लबले पहिलो पटक ‘देउखुरीमा पठन संस्कृति’ विषयक अन्तरक्रिया तथा दलित आन्दोलनका अभियन्ता, साहित्यकार, विश्लेषक एवं सियो धागोका लेखक प्रदीप परियारसँग विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।

क्लबलाई सबैको साझा संस्थाका रुपमा अगाडि बढाउने तयारी छ । पठन, लेखन, चिन्तन–मनन तथा देउखुरीका सवालमा चासो राख्ने सबैले यसमा अपनत्व लिन सक्ने अभियन्ता विष्णु बेल्वासेले बताएका छन् ।

यो अभियान कसले सुरु ग¥यो ? कसको पहल हो भन्ने कुरामा नअल्झिन कार्यक्रममा आग्रह गरिएको छ । अभियानमा सबैले अपनत्व लिन अपील पनि गरिएको छ । क्लब कुनै व्यक्ति विशेषको अभियान होइन । यो अध्ययन, अनुसन्धान, बहस, आलोचनात्मक चेतको विकास, प्रश्न गर्न सक्ने समाजको निर्माण र सारमा चेतनायुक्त समाज निर्माणका लागि सामूहिक पहल रहेको अभियन्ता बेल्वासले बताए ।

क्लवको उद्देश्य देउखुरीका आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, शैक्षिक तथा विकासका विविध विषयमा अध्ययन–अनुसन्धान गर्ने, तथ्य र प्रमाणमा आधारित बहस तथा विमर्शको संस्कृतिको विकास गर्ने, प्रश्न गर्न र आलोचनात्मक ढंगले सोच्न सक्ने नागरिक चेतना निर्माण गर्ने तथा ज्ञान निर्माणमा योगदान पु¥याउने अध्ययनशील र चेतनशील समाजको विकास गर्नु रहेको छ ।

क्लब विशुद्ध गैरराजनीतिक समूह रहेको जनाइएको छ । हाल यसलाई औपचारिक संस्थाका रूपमा दर्ता वा संरचनागत गर्नेभन्दा पनि अनौपचारिक बौद्धिक तथा अध्ययनशील समूहका रूपमा अघि बढाउने तयारी छ ।

सानो संख्याबाट सुरु भएको यो प्रयास भविष्यमा विचार, अध्ययन र ज्ञानको ठूलो यात्रामा परिणत हुने विश्वास छ ।

सर्वोदय पुस्तकालय तथा वाचनालय एवं अध्ययन केन्द्र, दाङ, अध्ययन मञ्च, दाङ र देउखुरी रिडर्स क्लबले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

Published : Sunday, 2026 August 30, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया