अमेरिकाले पठायो रसुवाका दुई विद्यालयहरूमा २.५ मेट्रिक टनभन्दा बढी खाद्यसहितको राहत सामग्री

काठमाडौं । रसुवा बाढी प्रभावितहरूका लागि अमेरिकाले विभिन्न सामग्रीहरू उपलब्ध गराएको छ ।

नेपाल सरकारको अनुरोधमा बाढी प्रभावितका लागि आवश्यक पर्ने सहयोग सामग्रीहरू प्रदान गरिएको नेपालस्थित अमेरिकी राजदूतावासले प्रेस नोटमार्फत् जनाएको छ ।

ती राहत सामग्रीहरू बाढी प्रभावितहरूसम्म पुग्ने विश्वास लिएको अमेरिकी राजदूतावासले जनाएको छ ।

शुक्रबार नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बोमले बाढीबाट प्रभावित नेपालीहरूका लागि संयुक्त राज्य अमेरिकाबाट प्रदान गरिएको आपतकालीन सामग्रीको पहिलो खेप बाढी प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।

‘क्याथोलिक रिलिफ सर्भिसेजले आफ्नो कार्यक्रम साझेदार ‘कारिटास नेपाल’मार्फत रसुवाका दुई विद्यालयहरूमा २.५ मेट्रिक टनभन्दा बढी खाद्य सामग्री पठाएको प्रेस नोटमा उल्लेख छ ।

राहत सामग्रीमा ५०० थान कम्बल, ५०० थान झुल र अस्थायी आश्रयस्थलको भुइँका लागि ५०० थान इन्सुलेटिङ फोम सिटहरू उपलब्ध गराइएको छ ।

नेपालको आवश्यकताअनुरूप सामग्रीका थप खेपहरू तयार पार्न र उपलब्ध गराउन अमेरिकी दूतावासले नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिसेज र कारिटास नेपालसँग समन्वय गरिरहेको जनाइएको छ ।

Published : Friday, 2026 August 28, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया