गगन समूहलाई कांग्रेस नेतृ शाहीको प्रश्न, ‘सेटिङ कसको कहाँ रहेछ थाहा पायौँ होला हैन ?’

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ कमला सिंह शाहीले कसको कहाँ सेटिङ रहेछ ? भनेर प्रश्न गरेकी छिन् ।

नेपाली कांग्रेसको आधिकारिता विवादको विषयमा भइरहेका गतिविधिहरूप्रति संकेत गर्दै नेता शाहीले सेटिङ कसको कहाँ रहेछ थाहा पायौँ होला हैन ? भनेर प्रश्न गरेकी हुन् । गगन थापा समूहप्रति लक्षित गरेर उनले अभिव्यक्ति दिएकी छिन् ।

‘सेटिङ त तिमीहरूले गरेको आज प्रमाणीकरण भयो । कांग्रेसबारे हुनै नसक्ने निर्णय जुन कानून विपरीत निर्णय आएको छ,’ नेतृ शाहीले भनेकी छिन् ।

‘जो चोर उसैको ठूलो स्वर भने झै हिजो जो जुनबेला भुकेउ नि तिमीहरू सेटिङ भनेर आज सेटिङ तिमीहरूले गरेको प्रष्ट भएको छ,’ उनले भनिन् ।

‘जे होस् २.० अबैधवाला विशेषको झोला बोकेकै रहेछन्,’ युवा नेतृ शाहीले भनिन्, ‘कांग्रेसलाई आफ्नो बिर्ता बनाइसक्यौँ । तिमीहरूको एकलौटी महाधिवेशनमा हामी भाग लिने छैनौँ । तिमीहरू जाउ तिम्रो निजी महाधिवेशन गर ।’

Published : Friday, 2026 August 28, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया