बागमती सरकार गठन विवादमा कानूनी परामर्श गर्न महामन्त्रीलाई अख्तियारी प्रदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकार गठनको विवादमा कानूनी लगायतका विषयमा संयोजन गर्न महामन्त्री राजेन्द्र गुरुङलाई अख्तियारी प्रदान गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेश सरकार गठनको विवादित विषयमा पार्टीको तर्फबाट कानूनी लगायतका विषयहरूमा संयोजन गर्न महामन्त्री एवम् सचिवालय प्रमुख गुरुङलाई अख्तियारी प्रदान गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

बागमती प्रदेश सरकार गठनका क्रममा एमालेका मुख्यमन्त्री किरण थापा मगरलाई राप्रपाको निर्णय र निर्देशन विपरीत उद्धव थापासहितका केही प्रदेश सभा सदस्यहरूले समर्थन गरेपछि राप्रपाले उद्धव थापालाई पदमुक्त गरिसकेको छ ।

उद्धव थापालाई राप्रपाले अनुाशसनको कारबाही गरिसकेको छ । उद्धव थापालाई बागमती प्रदेश सभाका सभामुखले संरक्षण गरेपछि राप्रपा न्यायका लागि उच्च अदालत पाटनको हेटौँडा इजलासमा रिट निवेदन लिएर गएको छ ।

Published : Thursday, 2026 August 27, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया