भोटेकोशी बाढी प्रभावितलाई भारतले पठाइदियो दुई जहाज राहत सामग्री
काठमाडौं । रसुवाको भोटेकोशीका बाढी प्रभावितका लागि भारत सरकारले दुई खेप राहत सामग्री पठाइदिएको छ ।
बुधबार राति र बिहीबार गरेर भारतले नेपाललाई राहत सामग्री पठाइदिएको हो । जहाजमार्फत आएका राहत सामग्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।
भारतले सबैभन्दा पहिला नेपाललाई जहाजमार्फत राहत सामग्री पठाइदिएको छ । राहत सामग्रीमा औषधि, खानेकुराका प्याकेट, टेन्ट लगायतका आवश्यक सामग्रीहरू पठाइदिएको छ ।
भोटेकोशीको बाढीले क्षति गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक प्रकोपको सामना गरिरहेको नेपालसँग साथमा रहेको बताएका छन् । मोदीले नेपाललाई सहयोग गर्ने बताए लगत्तै दुई जहाज राहत सामग्री पठाइदिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया