भक्तपुर कांग्रेसद्वारा बाढीपीडितको उद्धार र राहतमा जुट्न आह्वान

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् पूर्वसांस दुर्लभ थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार र राहतमा जुट्न अपील गरेका छन् ।

बिहीबार प्रेस नोट जारी गरेर सभापति थापाले भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति भएको भन्दै दुःख प्रकट गरेका छन् । उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आग्रह गरेका छन् ।

सभापति थापाले हराइरहेका नागरिकहरूको खोजी तथा उद्धारमा संयमताका साथ सहयोग गर्न अनुरोध गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाएका छन् ।

Published : Thursday, 2026 August 27, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया