रसुवाको लेदोसहितको बाढीमा परेकाहरूको उद्धारमा खटिन देउवाद्वारा सबैसँग अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको लेदोसहितको बाढीबाट भएको जनधनीको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिन अपील गरेका छन् ।

बुधबार नेता देउवाले प्रेस नोट जारी गरेर भने, ‘रसुवा हुँदै त्रिशूल नदीमा उर्लिएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको छ । त्यस क्षेत्रमा वसोबास गर्ने सबै दाजुभाई तथा दिदिबहिनीहरूमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्दछु ।’

‘रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन र राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न आग्रह गर्दछु,’ देउवाले भने ।

‘साथै यस विपत्तिमा नेपाली कांग्रेस लगायतका सम्पूर्ण पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा उद्दारमा खटिनु हुन पनि अनुरोध गर्दछु,’ देउवाले भनेका छन् ।

Published : Wednesday, 2026 August 26, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया