आईजीपी कार्कीद्वारा बागलुङ प्रहरीको नवनिर्मित भवनको उद्घाटन
बागलुङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको उद्घाटन गरेका छन् ।
बुधबार कार्कीले नवनिर्मित भवनहरूको अवलोकन समेत गरेका छन् । कार्कीले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
आईजीपी कार्कीले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा रहेको बताए । उनले नागरिकमैत्री सेवा प्रवाहमा प्रहरी सदैव केन्द्रित हुनुपर्ने बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेका छन् ।
प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवीप्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । कुल ९ करोड ७१ लाख ९३ हजार ५ सय १८ रूपियाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया