देउवासहितका नेताहरूको धैर्यताले पार्टी विभाजन रोक्न सकिए पनि विभाजित मन जोड्न सकिएन

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासहितका अन्य नेताहरूको धैर्यताले पार्टी विभाजन हुनबाट बचेको देउवा पक्षका नेताहरूको बैठकले निष्कर्ष निकालेको छ ।

काठमाडौंमा वैशाख १५ र १६ गते दुई दिन बसेको देउवा पक्षीय नेताहरूको बैठकपछि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा तत्कालीन सभापति देउवासहितका नेताहरूका सहनशीलताले पार्टी विभाजन नभए पनि मन जोडिन नसकेको बताएका छन् ।

खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्रद्धेय तत्कालीन पार्टी सभापति शेरबहादर देउवाको धैर्यता, सहनशीलतासँगै अन्य नेताहरूको साथ सहयोगले तत्काल पार्टी विभाजनबाट रोक्न त सफल भयौँ तर, विभाजित मन जोड्न सकिएन । परिणामत कांग्रेसविरुद्धको षडयन्त्रको उद्देश्य पूरा भयो ।’

Published : Thursday, 2026 April 30, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया