सुध्रिएको कांग्रेस नेपाली राजनीतिबाट पूरै भूमिगत भएर पो गयो : विश्लेषक खनाल
काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली राजनीतिबाट ‘सुध्रिएको कांग्रेस भूमिगत भएको भन्दै चिन्ता जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत खनालले भने, ‘त्यो सुध्रिएको कांग्रेस सुध्रिएको कुनै सूचना प्राप्त त भएन नै, नेपाली राजनीतिबाट पूरै भूमिगत भएर पो गयो ।’
उनले भने, ‘ब्रिग्रिएको कांग्रेस त बरू थप बिग्रिएका समाचारमा भए पनि जीवित देखिन्छ । किनकि थप बिग्रिदै जानु उसको चरित्र हो । तर, त्यो सुध्रिएको कांग्रेस सुध्रिएको कुनै सूचना प्राप्त त भएन नै, नेपाली राजनीतिबाट पूरै भूमिगत भएर पो गयो ।’
‘कहिल्यै कांग्रेस नबुझेको मजस्तो बबुरोले समेत कांग्रेस सुध्रियो भन्दा अलिकति आशा जागेको थियो,’ राजनीतिक विश्लेषक खनालले भने, ‘तर कांग्रेस भनेकै सुध्रिने जिनिस नै होइन रहेछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको बहुमतको सरकारले विधि, विधान, पद्धति विपरीतका गतिविधिहरू गरिरहेका बेला सुध्रिएको कांग्रेस आर्थत् नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रुपमा कांग्रेसलाई देखाउन सकेका छैनन् । कांग्रेसको प्रतिक्रियाहरू गतिलो गरेर आउन सकिरहेको छैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया