गृहमन्त्री गुरुङको राजीनामा माग गरेर सिंहदबारभित्रै प्रदर्शन, ४ जना पक्राउ
काठमाडौं । बिचौलिाय तथा विवादास्पद व्यापारी दीपक भट्टसँग आर्थिक सम्बन्ध रहेको दस्ताबेजहरू सार्वजनिकसँगै आलोचना भइरहेका बेला गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार प्रदर्शनकारी युवालाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर युवाले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ । गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न र पक्राउ गरेर कारबाहीको समेत माग उठिरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया