निवर्तमान कार्यबाहक सभापति खड्कासँग सभापति थापाद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यबाहक सभपाति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।
आइतबार काठमाडौंको गल्फुटारस्थित निवासमा पुगेर खड्कालाई थापाले भेट गरेका हुन् । भेटमा के के विषयमा कुराकानी भएको औपचारिक रुपमा जानकारी दिइएको छैन ।
निवर्तमान कार्यबाहक सभापति खड्का र तत्कालीन १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यहरूको बैठकबाट पार्टी एकता र पहलका लागि सभापति थापाको कोर्टमा बल रहेको भनेको थियो ।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न खड्कासँग थापाले आग्रह गरेको बताइएको छ । थापाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरूसँग संवाद शुरु भएको छ ।’
निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णयले कांग्रेसको सभापति बनेका थापाले नेपाली कांग्रेसमा नेताहरूलाई समेटेर लैजान्छन् वा आफू अनुकूल निर्णय गरेर जान्छन् भनेर आशंका भइरहेका बेला खड्कासँग थापाले भेट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया