सभापति थापाद्वारा एकताको पहल गर्न ढिलाइ भएमा पार्टीलाई गम्भिर क्षति पुग्न सक्छ : कांग्रेस नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सभापति गगनकुमार थापालाई एकताको पहल गर्न ढिलाइ नगर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा बसेको निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकले पार्टी एकताको पहलमा ढिलाइ भएमा गम्भिर क्षति पुग्न सक्ने चेतावनी दिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘त्यो एकताको पहल निर्वाचन आयोग र अदालतबाट म्याण्डेट प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापा र उहाँको कार्यसमितिले पहल गर्नुपर्छ ।’

‘यो पहल गर्न उहाँले ढिलाइ गर्नुभयो, अथवा यसबाट पार्टीलाई गम्भिर क्षति पुग्न सक्छ । सँगसँगै हाम्रो पनि भूमिका हुन्छ,’ उनले भने, ‘त्यसका लागि आज काठमाडौंमा उपलब्ध भएका निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारीहरू र प्रदेश सभापतिहरू, मुख्यमन्त्रीहरूको उपस्थिति रह्यो ।’

Published : Sunday, 2026 April 19, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया