देउवा पक्षका नेताहरू सर्वोच्चको फैसला स्वीकार गर्दै पुनरावलोकनमा पनि जाने, कांग्रेसको बृहत एकता जोड
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूले सर्वोच्च अदालतको फैसला आफैमा विरोधाभाषपूर्ण भएपनि स्वतन्त्र न्यायपालिकाको सम्मानका लागि स्वीकार गरी फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय भएको छ ।
आइतबार काठमाडौंको धुम्बाराहीमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकमा आएका सुझावहरू अनुसार फैसलाविरुद्ध पुनरावलोकनमा जाने नेता मीनबहादुर विश्वकर्माले बताएका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सँगसँगै अदालतबाट भएको फैसलामा चित्त बुझेको छैन । चित्त नबुझेको कुरामा अहिले हामीले फैसलालाई स्वीकार गर्नै पर्यो । अवज्ञा गर्न मिल्दैन । सँगसँगै पुनरावलोकनमा पनि जानेकी भन्ने आज सुझाव आएको छ ।’
‘सर्वोच्च अदालतले गरेको फैसला आफैमा विरोधाभाषपूर्ण आफ्नै नजिरहरूका विपरित, निर्वाचन आयोगले आफैले कायम गरेका नजिरहरूका पनि विरुद्धमा र झट्ट हेर्दाखेरी संविधान, कानून र नेपाली कांग्रेसको विधानसँग पनि बाझिने गरि विरोधाभाषपूर्ण हुने गरि गरेको निर्णयलाई हामीले थुप्रै असहमतिका आधारहरू हुँदाहुँदै पनि यसलाई सर्वोच्च अदालतको स्वतन्त्र न्यायपालिकाप्रतिको सम्मान गर्नका लागि नेपाली कांग्रेसले त्यो निर्णयलाई मान्ने कुरा हामीले संक्षिप्तमा यसभन्दा अगाडि पनि बताइसकेका छौं ।’
‘आजको छलफलमा पनि अदालतको निर्णय मानेर जाने तर, यसमा भएका गम्भीर असहमतिहरूलाई हामीले प्रकट गर्नैपर्छ भन्ने भयो,’ नेता विश्वकर्माले भने, ‘अब अदालतको निर्णय नै एउटा कानूनी विवादको निरुपण गर्यो । तर, नेपाली कांग्रेसको ईतिहाँसदेखि आजसम्म जहिले पनि यो मुलुकको पहिलो ठूलो लोकतान्त्रिक पार्टी अहिले यस्तो कमजोर बनेको छ यो परिस्थिति आएको कुरालाई अब पार्टीलाई मजबुत बनाएर कसरी लैजाने भन्ने कुरामा, पार्टीलाई मजबुत बनाउने कुरामा पार्टीमा बृहत एकता नै हो ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया