देउवा पक्षका नेताहरूले कांग्रेसलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भनेर निरन्तर छलफलहरू गर्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहाखदुर खड्कासहितका नेताहरूले पार्टीलाई बलियो बनाउन भेला, बैठक, अन्तरक्रिया र छलफलहरू गर्ने भएका छन् ।
शनिबार काठमाडौंको गल्फुटारस्थित खड्काको निवासमा भएको छलफलमा पार्टीलाई कसरी एकताबद्ध बनाउने विषयमा सबै साथीहरूसँगको परामर्श र छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘यो छलफलमा सबै नेताहरूले अनौपचारिक रुपमा, यो बैठक होइन, यो अनौपचारिक भेटघाट हो, छलफल हो, यो छलफलमा आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ ? भन्नेबारेमा परामर्श भएको छ । छलफल बिमर्श भएको छ ।’
‘यसका बारेमा अब निरन्तर बैठक बस्दै जाने त्यसबाट विभिन्न ठाउँबाट आउनुभएका साथीहरू, विभिन्न पदमा रहेका साथीहरू, सबै साथीहरूको सुझावलाई पनि परामर्शलाई पनि सुन्ने र एउटा निष्कर्षमा पुग्ने र यसका लागि केही समय लाग्छ भन्ने तहमा आज छलफल भएर हामीले त्यही निष्कर्ष निकालेका छौँ,’ नेता विश्वकर्माले भने ।
‘संवैधानिक अंग अथवा स्वतन्त्र न्यायपालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको छ र यसपटक पनि मान्छ,’ उनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया