काठमाडौं प्रहरीको उपलब्धीको सूचीमा ओली र लेखकको नाम, ७ शवको पहिचान खुलेन, पुरुष हिंसा बढ्यो
काठमाडौं । बिगतमा महिला हिंसाका घटनाहरू आक्रामक रुपमा आइरहेका बेला जिल्ला प्रहरी परिसर, काठमाडौंले घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको जनाएको छ ।
पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरेर पछिल्लो समय पुरुष व्यक्ति घरेलु हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढ्दो रहेको बताए । उनले पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो तर, प्रहरीसमक्ष पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको बताए ।
९८ जना बोहक यही अवधिमा काठमाडौंमा १३ पुरुषले पनि आफू घरेलु हिंसामा परेको भन्दै ठाडो उजुरी निवेदन दिएका छन् ।
यही अवधिमा ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् । ठाडो निवेदनको संख्या २९९ छ ।
उजुरीहरूलाई प्रहरीले कतिपयलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको छ । केहीलाई भने सुरक्षित आवास गृहका लागि विभिन्न संघ संस्थामा समेत पठाइएको छ ।
एसपी भट्टराईले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको बताएका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । तीमध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको भट्टराईले बताए ।
एसपी भट्टराईले ४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको र शवको पहिचानका लागि डीएनएको प्रक्रियामा रहेको बताए । जलेका ७ वटा शव कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन नसकेको उनले बताए ।
एसपी भट्टराईले भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र हत्यालगायतका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३५० जनालाई पक्राउ गरेको जनाएका छन् । भदौ २३ गतेको घटनामा संलग्न भएको आरोपमा प्रहरीको उपलब्धीको सूचीमा तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ । ओली र लेखकसहित ३५० जनालाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
पक्राउ पर्नेमा आपराधिक उपद्रवमा सबैभन्दा बढी २०४ जना पक्राउ परेका छन् । हातहियारको कसूरमा ५१ जना पक्राउ परेका छन् । चोरीको कसुरमा १७, आपराधिक उपद्रव र चोरीमा २९, कर्तव्य ज्यानको कसुरमा १८, अभद्रमा २३, ज्यान मार्ने उद्योगमा ४, डाँका चोरीमा २ जना पक्राउ परेका छन् ।
११६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ११ जना धरौटीमा रिहा भएका छन् । ११९ जना हाजिरी जमानीमा छुटेका छन् ।
३ जनालाई मुद्दा नचल्ने निर्णय भएको छ । १ जनाको मुद्दा फैसला भएको छ । ७ जना साधारण तारेखमा छुटेको जिल्ला एसपी भट्टराईले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया