न्याय मरेको छैन र मर्दैन भन्ने भनाई प्रमाणित गरेकोमा सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद : कांग्रेस नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री दीपक खड्काले सर्वोच्च अदालतलाई धन्यवाद दिँदै ‘न्याय परेको छैन र मर्दैन’ भन्न भनाइ प्रमाणित भएको बताएका छन् ।
बिहीबार सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएपछि सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री खड्काले भने, ‘न्याय मरेको छैन र मर्दैन भन्ने भनाई प्रमाणित गरेकोमा सम्मानित सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’
‘म खुला किताब हुँ, राज्यका हरेक निकायबाट गर्ने अनुसन्धानमा म सदैब सहयोग गर्दै आएकोमा राजनीतिक प्रतिशोध, पूर्वाग्रह र जसरी पनि थुन्ने मानसिकतामा रहेको सरकारले मलाई २०८२ चैत्र १५ गते कानूननको दुरूप्रयोग गरि जरूरी पक्राउ पुर्जी छ भन्दै घरबाटै बिहानको झिसमिसेमै सीआईबीले नियन्त्रणमा लिएको थियो,’ खड्काले भने ।
‘मलाई कसरी फसाउन सकिन्छ भनेर अनेक प्रपञ्च रचि सम्पत्ति शुद्धीकरण, आन्तरिक राजश्व विभाग हुँदै राजस्व अनुसन्धान विभाग लगायतबाट अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, थुनामा राख्ने, केही मिडिया र सामाजिक सञ्जालबाट बदनाम गराउने तथा परिवारलाई टर्चर दिने काम गरेपनि सम्मानित अदालतबाट आज सरकारले गरेको गलत हर्कत र कानूनको दुरूप्रयोग कसरी गरियो भन्नेमा स्पष्ट शब्दमा आदेश दिँदै हिरासत मुक्त हुने आदेश दिएको छ,’ उनले भने ।
पूर्वमन्त्री खड्काले भने, ‘म कानूनी र राजनीतिक लडाइँ लड्छु भनेकै थिएँ, यो लडाइँ निरन्तर जारी रहन्छ । केही गरौं भन्ने व्यक्ति तथा पूर्व जनप्रतिनिधि÷मन्त्री, एक जिम्मेवार नागरिक समेत भएकोले कत्तिपनि विचलित नभई अन्याय र दमनको विरूद्ध लाग्ने र सदैव न्यायको पक्षमा उभिनेछु ।’
‘यो कठिन समयमा मलाई साथ र सहयोग गर्ने, अन्याय र गैरकानूनी थुनाको विरूद्धमा सशक्त आवाज उठाउने, न्यायको पक्षमा पैरवी गर्ने तपाईहरू सबैप्रति आभारी छु,’ कांग्रेस नेता खड्काले लेखेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया