सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्काको मनोनयन, रास्वपाले संसदीय मर्यादा देखायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख विपक्षी दलका लागि प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति छाडिदिएपछि नेपाली कांग्रेसले सांसद भरतबहादुर खड्कालाई सभापतिमा उम्मेदवार बनाएको छ ।

बिहीबार संसद सचिवालय सिंहदरबारमा खड्काले लेखा समितिको सभापति पदमा मनोनयन पनि दर्ता गराएका छन् । खड्का सभापति बन्ने पक्का छ ।

सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

रास्वपाले लेखा समितिको सभापति प्रमुख विपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

झण्डै दुईतिहाई बहुमत पाएको रास्वपाले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दललाई दिएर संसदीय पद्धति र मर्यादालाई कायम राखेको छ ।

संघीय संसद्‍मा १६ संसदीय समिति छन् । प्रतिनिधिसभाअन्तर्गत १० र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति छन् । दुईवटा भने संयुक्त समिति रहेका छन् ।

Published : Thursday, 2026 April 16, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया