गगन दाई धेरै अहँकारी नबन्नुस्, पूर्णबहादुर व्यक्ति होइन, हाम्रो नेता हो : तरुण नेता दिल लामा
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य दिल लामाले नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बललिएको कांग्रेसबाट भएको कारबाहीको नौटंकीले पार्टीलाई ठूलो क्षति हुने टिप्पणी गरेका छन् ।
बिहीबार तरुण नेता लामाले कार्यबाहक सभापति खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अर्थहीन रहेको बताए । उनले भने, ‘१४औँ महाधिवेशनबाट आएको नेपाली कांग्रेसको कार्यसमितिले भृकुटीमण्डप भेलाको कथित विशेष महाधिवेशनलाई मान्यता नै दिएका छैनौँ । मान्यता नदिएको विशेष महाधिवेशनबाट आएको समितिले बनाएको अनुशासन समितिले स्पष्टीकरण सोध्नु हास्यास्पद हो ।’
केन्द्रीय सदस्य लामाले सानेपाबाट बदलिएको कांग्रेस २.० ले पार्टीलाई खुम्चाउने, कमजोर बनाउने किसिमबाट अनुशासन समितिको काँधमा बन्दुक राखेर शीर्ष नेताहरूलाई त्रसाउने र पार्टीबाटै निकाल्नेसम्मको षड्यन्त्र भइरहेको गन्ध आएको बताए ।
नेता लामाले कार्यबाहक सभापति खड्कामाथि हुने राजनीतिक प्रतिशोध, दुर्व्यवहार, अपमानलाई तरुणहरूले सहेर नबस्ने चेतावनी दिएका छन् । उनले भने, ‘हामी नेपाली कांग्रेसका कार्यकतौ हौँ । कांग्रेसलाई बचाउन योगदान दिन तयार छौँ ।’
पार्टीको आधिकारिकताको विवादको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सानेपाबाट कार्यबाहक सभापति खड्कामाथि भएको अपमानलाई सहन नसक्ने उनले चेतावनी दिएका छन् । तरुण नेता लामाले भने, ‘पूर्णबहादुर खड्का व्यक्ति होइन । १४औँ महाधिवेशनबाट आएको नेपाली कांग्रेसको कार्यबाहक सभापति हो । आफ्नो पार्टीको प्रमुख व्यक्तिलाई कसैले नौटंकी गरेर प्रतिशोधात्मक गतिविधि गर्छ भने सहन सक्दैनौं ।’
सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तिम निर्णय नभएसम्म १४औँ महाधिवेशनबाट आएको निर्वाचित कार्यसमिति वैध रहने तरुण दलका केन्द्रीय सदस्य लामाले बताएका छन् । निर्वाचन आयोगले एकपक्षीय निर्णय गरेको भन्दै न्यायका लागि अदालत जाने बाटो पनि निर्वाचन आयोगले नै दिएको उनले बताए ।
बदलिएको कांग्रेसका सभापति गगनकुमार थापाका कारण कांग्रेस दाइ कांग्रेस ४० मुनि पुगेको बताउँदै तरुण नेता लामाले यस्तै अबस्था रह्यो भने आउने निर्वाचनमा पार्टी माटोमुनि पग्ने टिप्पणी गरेका छन् । पार्टीभित्रको विवाद र समस्या समाधानका लागि कार्यबाहक सभापति खड्कासहितका शीर्ष नेताहरूले अपमान सहेर कांग्रेसका लागि फागुन २१ गतेको निर्वाचनमा सहभागी भएको लामाले बताए ।
उनले भने, ‘नेपाली कांग्रेसका लागि सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, महालक्ष्मी उपाध्याय (डीना) लगायतका नेताहरूले बिष पिएर अपमानित हुँदै चुनावमा जानु भएको छ । सभापति देउवाको अनुहार देखाएर चुनावमा जान सकिदैन भन्नुभयो । गगनकुमार थापा दाई आखिर जनताले तपाईको पनि मुख पनि हेर्न चाहेका रहेनछन् । तपाईले धेरै अहँकार नपाल्नुस्, घमण्ड नगर्नुस् । तपाईलाई विस्थापित गर्ने पनि कुनैन कुनै नेता पक्कै आउँछ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया