प्रधानमन्त्री शाहलाई युट्युबमा आलोचना गरेपछि युट्युबर पोखरेल पक्राउ
विराटनगर । युटुबमा प्रधानमन्त्री वालेन शाह (बालेन्द्र)लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
‘हडेज’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी पाँचथर जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको छ ।
पोखरेलविरुद्ध साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) अनिश कर्णले जानकारी दिएका छन् ।
प्रेस स्वतन्त्रतामा वर्तमान झण्डै दुईतिहाईको सरकारले दमन गर्न खोजेको आरोप लागिरहेका बेला युट्युबर पोखरेललाई प्रधानमन्त्री शाहलाई आलोचना गरेकै आधारमा पक्राउ गरिएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया