देउवा दम्पत्तिमाथि कुटपिट हुँदा पनि नेताहरूले विरोधमा बोलेनन् : कांग्रेसका प्रमुख सचेतक धामी
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक विक्रमसिंह धामीले सभापति शेरबहादुर देउवा तथा नेतृ डा.आरजु राणामाथि आक्रमण हुँदा समेत पार्टीका नेताहरूले आवाज उठाउन नसकेको बताएका छन् ।
मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकमा धामीले आफ्नै नेतृत्वमाथि कुटपिट हुँदा पनि नेताहरूले त्यसका विरुद्ध आवाज उठाउन नसकेको बताए । उनले भने, ‘मेरो पार्टीका नेता शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, उहाँ घाइते हुनुभयो । उहाँका सम्बन्धमा पनि एक शब्द बोलेनन् । भाउजु भनेर अगाडि–पछाडि लाग्नेहरू कहाँ गए ?’
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको पनि उनले विरोध जनाएका छन् । उनले किरियामा भएको बेला पक्राउ गरेर मानवता मारेको बताए ।
सिंहदरबार, सर्वोच्च अदालत, संसददेखि सुदूरपश्चिम प्रदेशका संरचनाहरू जलाइएकोप्रति पनि धामीले विरोध जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया