दुईतिहाईको बालेन सरकारविरुद्ध एमालेद्वारा प्रदर्शन, देशभरि बुझायो ज्ञापनपत्र
काठमाडौं । पूर्वप्रधानमन्त्री एमव् अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई राजनीतिक प्रतिशोध राखेर गिरफ्तार गरेको विरोधमा एमालेले देशभरिका जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार एमालेका नेता तथा कार्यकर्ताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारीको विरोध गरेका हुन् । ज्ञापनपत्रमा एमालेले ओली र लेखकलाई बिनासर्त रिहाइको माग गरेका छन् ।
संविधान र कानूनको विपरीत कसैलाई पनि गिरफ्तारी गर्न नहुने एमालेले जनाएको छ । एमालेले ज्ञापनपत्र बुझाउने जाने क्रममा दुईतिहाईको सरकारविरुद्ध चर्का नाराबाजी लगाएका छन् ।
यसैबीच, एमालेका नेता तथा कार्यकर्ताहरूले काठमाडौंको माइतीघरमण्डला केन्द्रित प्रदर्शन गरेका छन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया