सरकार गठनबारे सम्वाद, रोयल सिंघीमा बालेन, रवि, डोलप्रसाद र स्वर्णिमबीच भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरू भावी प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् ।
बिहीबार काठमाडौंको कमलादी (दरबारमार्ग नजिक)मा रहेको होटल रोयल सिंघीमा लामिछाने र बालेनबीच भेट भएको हो । बालेन होटल रोयल सिंघीमा बस्दै आएका छन् ।
बालेनसँगको भेटमा सभापति लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहेका थिए । उनीहरूका बीच भावी सरकार गठनका विषयमा सम्वाद भएको बुझिएको छ ।
केही दिनदेखि भावी प्रधानमन्त्री बालेन रोयल सिंघी होटलको सुइट रुममा बस्दै आएका छन् । पार्टीका ३ ठूला नेताको टिमले बालेनसँग सरकार गठनबारे गम्भीर छलफल गरेका हुन् ।
Published : Thursday, 2026 March 19, 8:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया