भक्तपुर कांग्रेसद्वारा विशेष महाधिवेशन खारेज, पार्टी विभाजनमा नलाग्न आग्रह
झक्तपुर । नेपाली कांग्रेस, भक्तपुरले नियमित महाधिवेशनका लागि आग्रह गर्दै पार्टी विभाजनका गतिविधिमा नलाग्न अपील गरेको छ ।
भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको बताए ।
सभापति थापाले नियमित महाधिवेशनको मिति तय नहुँदा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरूले अब नियमित महाधिवेशनको मिति आएपछि नियमित महाधिवेशन नै गर्नुपर्ने मत राख्दै हस्ताक्षर गरेको बताए ।
केवल औपचारिक कार्यक्रम मात्र नभई भक्तपुरको समग्र कांग्रेस संगठनको अनुशासन, विश्वसनीयता र नेतृत्व क्षमताको परीक्षा सरह भएको थापाले बताएका छन् ।
‘निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने माग सहित गरिएको यो पत्रकार सम्मेलनले पार्टीभित्रको संस्थागत अभ्यास, लोकतान्त्रिक मूल्य र सहमतिको संस्कृतिप्रति पार्टी नेताहरूको गम्भीर चासो प्रष्ट संकेत गर्दछ’, सम्मेलनमा सभापति थापाले भने ।
भक्तपुर कांग्रेसका नेताहरूले भक्तपुर जिल्ला पार्टी समितिलाई अब ढिलाइ नगरी स्पष्ट निर्णयमा पुग्नुपर्ने, आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताएका छन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया