सामुदायिक वन अध्यक्ष लगायत ३ जनालाई भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिका वडा नं. २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
तीन जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपियाँ बिगो कायम गरिएको छ । वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपियाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
Published : Monday, 2025 December 22, 10:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया