राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार थापाको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले थापाले राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका हुन् । थापाले आफूले केही दिनअघि नै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरी स्वीकृतसमेत भइसकेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका थापाले भने, ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हो, स्वीकृत पनि भइसकेको अवस्था छ । पार्टीको महाधिवेशन आउँदैछ, त्यसैले पार्टीमै क्रियाशील रहने निर्णयमा पुगेँ ।’
राष्ट्रपति पौडेलले कांग्रेस नेता थापालाई २०७९ चैत १६ गते विज्ञ सल्लाहकारमा नियुक्त गरेका थिए ।
Published : Tuesday, 2025 December 16, 4:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया