राप्ती गाउँपालिकाको फोहर व्यवस्थापन केन्द्रमा आगलागी, शंका लागेपछि कारण खोज्दै प्रहरी
भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं. २, कटाहा, पून्यपुरमा रहेको फोहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ ।
आगलागी भएको कटाहा, पून्यपुरमा राप्ती गाउँपालिकाले फोहर व्यवस्थापन गर्दै आएको थियो । जनप्रतिनिधि र कर्मचारीहरूको लापरबाहीले गर्दा फोहर व्यवस्थापन केन्द्रले उचित कार्य गर्न सकेको थिएन ।
पछिल्लो समय फोहर व्यवस्थापनमा स्थानीयहरूले अवरोध गर्दै आएका थिए । स्थानीयको विरोधपछि विवाद भएको थियो । फोहर व्यवस्थापन केन्द्रलाई लिएर स्थानीयले पटक पटक आन्दोलन गर्नुका साथै राप्ती गाउँपालिकाको केन्द्रीय कार्यालयमा समेत घेराउ गरेका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र पदाधिकारी तथा कर्मचारीहरूले व्यवस्थित रुपमा फोहर व्यवस्थापन नगरेको स्थानीयको आरोप रहेका बेला केन्द्रमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय, भालबाङ्ग, दाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले फोहर व्यवस्थापन केन्द्रमा लागेको आगो सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा लिइएको बताएका छन् । उनले फोहर व्यवस्थापन केन्द्रमा भएको आगलागीको विषयमा अनुसन्धान भइरहेको बताए ।
आगलागीबाट फोहर व्यवस्थापनका लागि बनाइको घर जलेको छ । कसरी आगलागी भयो भन्ने बारेमा अनुसन्धान भएपछि बल्ल कारण पत्ता लाग्ने ईन्स्पेक्टर ऐरीले बताए ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया