संखुवासभा कांग्रेसद्वारा केन्द्रीय सदस्य दीपक खड्कासहितका नेताहरूको नाम सिफारिस
खाँदवारी । नेपाली कांग्रेस, संखुवासभाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक खड्कासहित ९ जनाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
बिहीबार खाँदवारीमा बसेको नेपाली कांग्रेस, संखुवासभा जिल्ला कार्यसमितिले बैठकले अनन्तकुमार गौंली, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक खड्का, दीपनकुमार श्रेष्ठ, एगराज पोखरेल, पासाङ् शेर्पा, रामकुमार थापा, तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौलीको नाम प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएको पत्रमा उल्लेख छ ।
प्रतिनिधि समानुपातिकतर्फ विना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल पोखरेल, निर्मला तामाङ बस्नेत, शेरबहादुर वन सन्यासी, सीतादेवी भट्टराई, उषा कार्कीको नाम सिफारिस भएको संखुवासभा कांग्रेसले जनाएको छ ।
राष्ट्रियसभातर्फ सिफारिस भएका नेताहरूमा अञ्जना लिंथैप, चक्रबहादुर विसुन्के, सल्यान नेपाली, टंकप्रसाद राई र थलकुमार लिंखा रहेको कार्यबाहक सभापति अनन्तकुमार गौंली र सचिव टंकमान घलेद्वारा जारी पत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया