कैलाली– ५ बाट प्रत्यक्षतर्फ कांग्रेस नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.राणाको नाम सिफारिस
धनगढी । नेपाली कांग्रेस, कैलाली, क्षेत्र नं. ५ ले केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
मंगलबार बसेको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को क्षेत्रीय कार्यसमिति बैठकले नेतृ डा.राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रत्यक्षतर्फ डा.राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम पनि सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप पाठकले जानकारी दिएका छन् ।
क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पाठकले जानकारी दिए । राष्ट्रियसभा सदस्यका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफरिस गरिएको छ ।
भदौ २४ गते अराजक समूहले सभापति शेरबहादुर देउवा र नेतृ डा.राणाको हत्या गर्न सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका देउवा दम्पत्तिले सिङगापुर पुगेर उपचार गरी स्वदेश फर्किएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया