एमालेको बुद्धिमा लाग्दा कञ्चनको सांसद पद खोसियो
काठमाडौं । एमालेसँग मिलेर पार्टीको नीति विपरितको गतिविधि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छिन् ।
शुक्रबार मधेस प्रदेश सभाले विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको छ । महिलातर्फ उनी समानुपातिक प्रदेशसभा सदस्य थिइन् ।
संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री बनेकी थिइन् ।
अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको थियो ।
बिच्छालाई राप्रपाले तत्काल सरकारबाट बाहिरिन निर्देशन दिए पनि अटेर गरेपछि उनको प्रदेश सभा सदस्य खारेज गर्न प्रदेश सभालाई १२ मंसिरमा पत्राचार समेत गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया