यातायात कार्यालयका हाकिम र खरिदारबीच कुटाकुट, दुबैको अनुहार सुन्नियो
कलैया । यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ ।
बुधबार कार्यालयमा दास र साहबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए । एकअर्कालाई हानाहान हुँदा दुबैजना घाइते भएका छन् । उनीहरूबीच हानाहान हुनुको कारण खुलेको छैन । प्रहरीले घटनाका विषयमा दुबैजनालाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान शुरु गरेको जनाएको छ ।
कुटाकुटबाट खरिदर सत्यनारायण साहको अनुहारमा चोट लागेको छ । चोटले अनुहार सुन्निएको छ ।
कार्यालय प्रमुख दासको पनि अनुहारमा चिरा परेर चोट लागेको छ । कार्यालय परिसरमा कुटाकुट गर्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नागेन्द्र कुँवरले यातायात व्यवस्था कार्यालय, कलैया, बाराका प्रमुख दास र खरिदार साहले कुटाकुट गरेको घटनाको विषय अनुसन्धान गर्न प्रहरी कार्यालय ल्याइएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया