संसद विघटनविरूद्धको रिटमा कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
एमालेले दायर गरेको रिटमा बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जना न्यायाधीशको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरूद्धका रिटहरूसँगै राख्न आदेश पनि दिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने भन्दै एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
रिटमा एमालेले माग गरेअनुसार अन्तरिम आदेश भने सर्वोच्चले जारी गर्न मानेको छैन ।
यसैबीच सुरक्षा निकायमा उच्चपदस्थले निजी निवासमा घरायसी प्रायोजनका सुरक्षाकर्मीलाई फिर्ता गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया