लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बुधबार सदस्य सचिव श्रेष्ठले कोषको केन्द्रीय कार्यलय, लुम्बिनीमा पदभार ग्रहण गरेका हुन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफूले विशेष जिम्मेवारीका साथ कार्यसम्पादन गर्ने बताएका छन् ।
सरकारले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्ति गरेको थियो । नागरिक उड्डयन प्राधिकरणमा काम गरेका श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
पछिल्लो समय श्रेष्ठले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेकी हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया